अब Race 3 मा सलमान खानको सट्टा राजेश हमाललाइ नायक राखिने

Nepali Moviesviral

Written by:

महानायकको ट्याग पाएका अभिनेता राजेश हमाल अब फिल्म निर्देशनमा होमिने कन्फर्म भएको छ । आफ्नो जर्बजस्त अभिनयबाट बर्षौदेखि नेपाली फिल्ममा राज गरिरहेका उनलाई चाँडै एक्सन-कट गर्दै गरेको देखिने भएको छ ।
फिल्ममा उनको निर्देशन र अभिनय रहनेछ । उनको अपोजिटमा अभिनेत्री प्रियंका कार्की हुने लगभग पक्कापक्की भइसकेको स्रोत बताउँछ ।
देश तथा विदेशमा हुने धेरै साँस्कृतिक कार्यक्रममा हमाल र प्रियंकाले कम्मर मर्काएका छन् । खबरअनुसार, केही दिनमा नै प्रियंकाले औपचारिक रुपमा फिल्म साइन गर्दैछिन् ।
यस्तै, अभिनेत्री नम्रता सापकोटासँग पनि मौखिक कुराकानी भएको छ । ३ करोड बजेट रहने फिल्मको अधिकांश छायांकन अमेरिकामा हुनेछ ।
 
फिल्मको स्क्रिप्टको काम सकिसकेको र अहिले हमाल कलाकार छनौटमा जुटेका छन् । अमेरिकामा बस्दै आएका अनिल पाण्डे र युवराज कार्कीले निर्माण गर्ने फिल्मको नाम गोप्य राखिएको छ ।
फ्लोरमा गएपछि मात्र फिल्मको नाम ‘रिभिल’ गरिनेछ । केही दिन अगाडि मात्र उक्त फिल्मका लागि चार गीत रेकर्ड भइसकेका छन् ।

नेपाली चलचित्र उद्योगले ‘महानायक’को दर्जा दिएको हमाल नेपाल भारतबिच राजनीतिक पाटो मात्रै नभई कला संस्कृति, सामाजिक एवं सांस्कृतिक एवं चलचित्र क्षेत्रको समेत विशेष सम्बन्ध रहेको बताउँछन्।

नायक हमालले भने, “नेपाल र भारतबिच सामाजिक, भाषिक, सांस्कृतिक एवं कलाको समेत विशेष सम्बन्ध र पाटा छन्। यो निनान्त अलग पाटो हो। त्यससँगै धार्मिक पक्ष पनि छ। यी सबैलाई मध्यनजर गरी सम्बन्धको सेतुलाई अझ बढी प्रगाढ बनाउन हामी आफैँले प्रयास गर्नुपर्छ।”

दुई देशबिच राजनीतिकसँगै अरू सबै क्षेत्रमा महत्त्वपूर्ण सम्बन्ध अगाडि बढोस् भनेर नै प्रधानमन्त्रीको भ्रमण दलमा प्रतिनिधित्व गराइएको जस्तो आफूलाई लागेको नायक हमालको टिप्पणी छ। नेपाली कलाकार र भारतीय कलाकारबिचमा छलफलको कार्यक्रम पनि तय भएको छ भन्ने आफूले पाएको जानकारी दिँदै त्यसमा दुई उद्योगबिच मैत्री सम्बन्ध स्थापनाका लागि विशेष पहल हुने विश्वास व्यक्त गरे।

कला संस्कृतिले नै दुई देशको सम्बन्धलाई बढी प्रगाढ बनाएको स्मरण गर्दै नायक हमालले धार्मिक, गीत संगीतका पक्ष नै महत्त्वपूर्ण एवं सम्बन्ध विस्तारको खास पक्ष रहेको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *